राष्ट्रिय बीमा कम्पनीसँग विवाद मिलाउन नसकेपछि सर्भेयर संघको टोली अर्थमन्त्रालय गुहार्न पुग्यो

७ भाद्र २०८०, बिहीबार १६:२८

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीसँग विवाद मिलाउन नसकेपछि सर्भेयर संघको टोली अर्थमन्त्रालय गृहार्न पुगेको छ ।बीमा सर्भेयर संघ नेपाल र राष्ट्रिय बीमा कम्पनी विच सर्भेयर शुल्कका विषयमा उठेको विवाद सुल्झाउन सर्भेयर संघले अर्थमन्त्रालय नै गृहार्नुपरेको छ।

निजि कम्पनी जस्तै राष्ट्रिय बीमा कम्पनीले विगतमा नेपाल बीमक संघ र सर्भेयर एसोसिएसन विच भएको सहमतिलाई पालना गराउने गरी अर्थमन्त्रालयले निर्देशन दिने भएको छ।
कम्पनीले सर्भेयर संघ र नेपाल बीमक संघले २०७३ सालमा निर्धारण गरेको शुल्कलाई कायम गर्ने भएको हो ।

राष्ट्रिय बीमा कम्पनीले आफ्नै छाता संघठनले गरेको निर्णयलाई अटेर गर्दै पुरानै सर्भेयर शुल्क दिदै आएको छ । यसरी ७/८ वर्ष अगाडी भएको सहमतिलाई अटेर गर्दै कम्पनीले सर्भेयरहरुको शुल्कमा शोषण गर्दै आइरहेको संघको आरोप छ । सहमति अनुसार शुल्क नदिए पछि सर्भेयर संघले माइनुट नै गरेर राष्ट्रिय बीमा कम्पनीको काम नै नगर्ने निर्णय गरेका थिए ।

यसरी संघले औपचारिक रुपमै निर्णय गरे पछि कम्पनी समस्यामा पर्दै आएको थियो । संघको उक्त माइनुटको उल्लङ्घन गर्दै कम्पनीको प्रभावमा परेर केहि सर्भेयरले काम गरे पछि सर्भेयर संघले संघबाटै हटाउने चेतावनी दिएको थिय । संघको यस्तो चेतावनी पछि कम्पनी थप दवामा परेको थियो ।

सहमतिलाई स्वीकृतिका लागि कम्पनीले आफ्नो सञ्चालक समितिमा पेश गर्नेछ । सञ्चालक समितिले नयाँ दर निर्धारणका विषयमा निर्णय गरे पछि मात्रै लागु हुन्छ । यसले गर्दा सर्भेयर एसोसिएसनले नयाँ दर निर्धाण भए पछि मात्रै आफ्ना आन्दोलनका कार्यक्रम स्थगन गर्ने अध्यक्ष मोहन पुरुष ढकालले जानकारी दिए । उनले भने ‘कम्पनी सँग हाम्रो एक तहको सहमति भएको छ । तर कम्पनीले यो सहमति सञ्चालक समितिबाट स्वीकृत भए पछि मात्रै लागु हुन्छ । ’

सर्भेयरहरुले २०७३ सालदेखि नै बढेको शुल्क पाउनु पर्ने माग गर्दै आइरहेका छन् । यस्तो काम पुरा गर्न नकसिने भन्दै कम्पनीले अस्वीकार गरे पछि सर्भेयर संघले बक्यौता रकम भने शिघ्र भुक्तानी गर्न अनुरोध गरेको थियो । कम्पनीले भुक्तानी गर्न बाँकी शुल्क भने तत्काल भुक्तानी गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । कम्पनीको सञ्चालक समितिले अन्य कम्पनीहरुको सरहको दर पारित गरे पछि मात्रै सर्भेयरहरुले काम गर्ने जनाएका छन् । कम्पनीले एक साता भित्र निर्णय गर्ने भनेकाले उक्त अवधिसम्मका लागि पर्खने संघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*