दोहोरो अंकले घट्यो नेप्से, सबै उपसूचकमा गिरावट
७ भाद्र २०८०, बिहीबार १५:०७
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेप्से दोहोरो अंकले घटेको छ । शेयरबजार घटेसँगै १३ वटै उपसूचकमा पनि गिरावट आएको छ ।
आज नेप्से पसिसूचक ३१ अंकले घटेर २०१३ को विन्दुमा कायम भएको हो । नेप्सेमा सूचीकृत २७५ कम्पनीहरुको ४६ लाख ५७ हजार कित्ता शेयर किनबेच हुदा १ अर्ब ५५ करोडको कारोबार भएको छ ।
आज सर्वाधिक फाइनान्स उपसूचक २.९३ , हाइड्रोपावर उपसूचक २.५०, विकास बैंक उपसूचक २.२३, निर्जीवन बीमा उपसूचक २.२२ र जीवन बीमा उपसूचक २.१४ प्रतिशतले घटेका छन् ।