कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

७ भाद्र २०८०, बिहीबार १५:०६

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार ३३.७५ को अंकले घटेर २०११ को विन्दुमा कायम भएको छ ।

बिहीबार शेयर बजार घटेतापनि कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्यमा चाँही सकारात्मक सर्किट लागेको छ । आज कम्पनीको शेयरमूल्य प्रतिकित्ता ६३ रुपैयाँले बढेर ७०१ रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै, आज मक्कर जितुमाया हाइड्रोपावरको ५.९९ प्रतिशत, सिभिल बैंक डिभेन्चरको १.९९ प्रतिशत, सामुदायिक लघुवित्तको १.९९ प्रतिशत लगायत अन्यको शेयरमूल्य बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*