गलत विवरण प्रविष्ट गरेपछि १९ बीमा कम्पनीलाई कारवाही किन नगर्ने भन्दै बीमा प्राधिकरणकाे स्पष्टीकरण

७ भाद्र २०८०, बिहीबार १२:३१

काठमाडाैं । नेपाल बीमा प्राधिकरणले एकीकृत सफ्टवयरमा गलत बिवरण प्रविष्ट गरी नियामकलाई ढाँटेकाे भन्दै १९ बीमा कम्पनीलाई कारवाही प्रक्रिया अघि बढाएकाे छ ।

बीमा प्राधिकरण बीमा कम्पनीहरूकाे एकीकृत सफ्टवयर आईआरआएमएसमा गलत विवरण प्रविष्ट गर्ने १९ वटा बीमा कम्पनीलाई स्पष्टिकरण साेधिएकाे छ । साउन १ गते अनसाइट अनुगमनकाे क्रममा प्राप्त विवरण र कम्पनीले नेपाल बीमा प्राधिकरणकाे सिष्टारममा पेश गरेकाे विवरण फरक परेपछि प्राधिकरणले गलत विवरण बुझाएकाे भन्दै कारवाही गर्न स्पष्टिकरण साेधिएकाे जनाएकाे छ ।

अब कम्पनीहरूले बुझाउने लिखित जवाफ हेरेर कारवाहीकाे निर्णय हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*