जीवन बीमा कम्पनीको खुद बीमा शुल्क आर्जन घट्यो, कुनको कति ? (तथ्यांकसहित)
काठमाडौं । हाल संचालनमा रहेका जीवन बीमा कम्पनीले गत असारमसान्तसम्म एक खर्ब ३४ अर्ब ८३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीहरुले आर्जन गरेको खुद बीमा शुल्क ० दशमलव २४ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरुले एक खर्ब ३५ अर्ब १६ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
विवरण अनुसार समिक्षा अवधिमा नेपाल लाइफले सबैभन्दा बढी खुद बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीले ३६ अर्ब ६२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।
दोस्रो नम्बरमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) रहेको छ । यस अवधिमा कम्पनीले १७ अर्ब ३९ करोड रुपैयाँ कमाएको छ । यसका साथै, समिक्षा अवधिमा नेशनल लाइफले १५ अर्ब ९७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।
समिक्षा अवधिमा हिमालयन लाइफले १४ अर्ब ५७ करोड रुपैयाँ, सूर्यज्योति लाइफले ८ अर्ब ५१ करोड रुपैयाा, सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा संस्थानले ८ अर्ब ४९ करोड रुपैयाँ, एशियन लाइफले ६ अर्ब ८४ करोड रुपैयाँ, सिटिजन्स लाइफले ५ अर्ब ३५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।
त्यस्तै, मेट लाइफ इन्स्योरेन्सले ५ अर्ब ४ करोड रुपैयाँ, आइएमई लाइफले ४ अर्ब १ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले ३ अर्ब ४७ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले ३ अर्ब २५ करोड रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले एक अर्ब ९० करोड रुपैयाँ आर्जन गरेको प्रकाशित वित्तीय विवरणले देखाएको छ ।
बृद्धिदरका आधारमा
बृद्धिदरको आधारमा अघिल्लो आर्थिक वर्षको तुलनामा सन नेपाल लाइफ अग्रस्थानमा रहेको छ । समिक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन २८ दशमलव ०१ प्रतिशतले बढेको छ ।
त्यस्तै, आइएमई लाइफको खुद बीमा शुल्क १६ प्रतिशत, नेशनल लाइफको १३ प्रतिशत, सिटिजन लाइफको ६ प्रतिशत, नेपाल लाइफको ४ प्रतिशत, मेट लाइपको १ प्रतिशत र अन्य कम्पनीको एक प्रतिशतभन्दा कम प्रतिशतले बृद्धि भएको छ ।
समिक्षा अवधिमा प्रभु महालक्ष्मी लाइफको ५० प्रतिशतले सर्वाधिक घटेको छ । यस अवधिमा सानिमा रिलायन्स लाइफको ३६ प्रतिशत र रिलायबल नेपाल लाइफको ७ प्रतिशतले घटेको छ ।