भगवती हाइड्रोपावर र हिमालयन ८०–२० को आईओमा कति पर्यो आवेदन ?
६ भाद्र २०८०, बुधबार १७:२३
काठमाडौं । भगवती हाइड्रोपावरले भदौ पाँच गते तथा हिमालयन ८०–२० ले साउन ३२ गते सर्वसाधारणका लागि आइपीओ खुला गरेको थियो ।
भगवती हाइड्रोपावरमा ७ लाख ७२ हजार ३५४ आवेदकले ८६ लाख ६० हजार १५० इकाई शेयरका लागि १ अर्ब ४५ लाख ७७ हजार ४०० रुपैयाँको आवेदन दिएका छन् ।
त्यस्तै, हिमालयन ८०–२० मा ३४ हजार १४५ आवेदकले ३ करोड ५० लाख ६ हजार ८० इकाई शेयरका लागि ३५ करोड ६० हजार ८०० रुपैयाँको आवेदन दिएका छन् ।