नमस्ते सुदुरपश्चिमद्वारा डोटीको सायल गाँउपालिकामा ७ दिने सावुन बनाउने तालिम सम्पन्न

काठमाडौं । नमस्ते सुदुरपश्चिम, डोटीले सावुन बनाउने सीप विकास तालिम सम्पन्न गरेको छ । संस्थाले ‘सिप सिकौ स्वरोजगार बनौं’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै सायल गाँउपालिकामा सात दिने सावुन बनाउने तालिम प्रदान गरेको हो ।
संस्थाले डोटी जिल्लाको सायल गाँउपालिकाको वार्ड नम्बर ५ मा संचालन गरेको थियो । कार्यक्रमबाट सो वार्डका २७ जना महिला पुरुषहरु लाभावित्त भएको संस्थाका अध्यक्ष शैलेन्द्र खड्काले जानकारी दिए । साथै उनले डोटी जिल्लाका नौ वटै स्थानीय तहमा संचालन गर्ने र जनतालाई रोजगार बनाउने उदेश्य रहेको बताए ।
संस्थाले प्रदान गरेको तालिम मार्फत आम जनताले अवको तीन महिनापश्चात सजिलै सावुन उत्पादन गरी बजारमा बिक्री गर्न सक्ने संस्थाले विश्वास लिएको छ । उक्त कार्यक्रमलाई सायल गाँउपालिका वडा नम्बर ५ र पुवार कम्पनीले आर्थिक सहयोग प्रदान गरेको थियो । संस्थाका अध्यक्ष शैलेन्द्र खड्का स्वयमले आम सहभागिलाई तालिम प्रदान गरेका थिए ।
उक्त तालिमको उद्घाटन सायल गाँउपालिकाकी उपाध्यक्ष निर्मला बोहरा वलि र वार्ड नम्बर पाँचका अध्यक्ष बहादुर साउदले समापन गरेका थिए ।