भिजन लुम्बिनी उर्जा कम्पनीलाई आइपीओ निष्काशनको लागि बोर्डद्वारा अनुमति प्रदान
६ भाद्र २०८०, बुधबार १६:१६
काठमाडौं । नेपाल धितोपत्र बोर्डले भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडलाई साधारण शेयर (आईपीओ) निष्काशन गर्न अनुमति प्रदान गरेको छ ।
कम्पनीलाई प्रतिकित्ता शेयरमूल्य १ सय रुपैयाँका दरले ३८ लाख २५ हजार कित्ता शेयर निष्काशनको लागि बोर्डले अनुमति प्रदान गरेको हो ।
कम्पनीले आईपीओ बिक्रीको लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।