यी हुन आज सर्वाधिक गुमाउने टप १० कम्पनी
६ भाद्र २०८०, बुधबार १५:२३
काठमाडौं । साता कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक २९ अंकले बढेर २०४५ को विन्दुमा कायम भएतापनि केही कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको छ ।
आज सर्वाधिक गिरावट सिटिजन सुपर ३० म्युचुअल फण्डको शेयरमूल्य ७.४२ प्रतिशले घटेको छ । त्यस्तै, एनएमबी डेबेन्चर ८.५० –२०८७।८८ को ४.०१, १० नेपाल एसबीआई बैंक डेबेन्चर २०८६ को ३.९४, जनउत्थान लघुवित्तको ३.५२ तथा स्वाभिमान लघुवित्तको २.४६ प्रतिशले घटेको छ ।