२९ अंकले बढ्यो नेप्से, तीन उपसूचकमा उछाल
६ भाद्र २०८०, बुधबार १५:१५
काठमाडौं । साता कारोबारको चौथो दिन शेयरबजारमा हरियाली छाएको छ । १३ वटै उपसूचकमा हरियाली आउँदा तीन उपसूचमा उछाल आएको छ ।
बुधबार नेप्से परिसूचक २९ अंकले बढेर २०४५ को विन्दुमा कायम भएको छ । ४२ लाख ३७ हजार कित्ता शेयर कारोबार हुँदा १ अर्ब ५१ करोडको कारोबार भएको छ ।
आज तीन उपसूचक हाइड्रोपावर २.७४, जीवन बीमा २.५१ र निर्जीवन बीमा २.१६ प्रतिशतले बढेको छ ।