सनी सेक्युरिटिज कम्पनीले धितोपत्र बोर्डबाट अनुमति लाइसेन्स पायो

६ भाद्र २०८०, बुधबार १४:०४

काठमाडौं । सनी सेक्युरिटिज कम्पनी लिमिटेडले धितोपत्र बोर्डबाट बुधबार धितोपत्रसम्बन्धी पूर्ण कार्य गर्ने धितोपत्र दलाल अनुमति ९ब्रोकर लाइसेन्स० प्राप्त गरेको छ ।

पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्स प्राप्तभएपछि कम्पनीले लगानी परामर्श सेवा, लगानी व्यवस्थापन, मार्जिन कारोबारलगायतका सेवाहरु उपलब्ध गराउनेछ ।
२०६४ सालमा १ करोड ६० लाख चुक्ता पुँजीबाट आफ्नो कारोबार सुरु गरेको कम्पनीले आवश्यकताअनुसार चुक्तापुँजी वृद्धि गर्दै हाल ६० करोड पुर्‍याएको छ ।

‘पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्स प्राप्त गरेसँगै कम्पनीको जिम्मेवारी र दायित्व पनि थपिएको छ । अब हामी थप जिम्मेवार बन्दै सम्पूर्ण सेयर लगानीकर्तालाई उच्चतम सेवा प्रवाह गर्नेछौँ,’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*