एलआईसी नेपालले बीमा रकम बुझाउन रोकिएको पोलिसीहरुलाई छूट दिने, कहिलेसम्म पाईन्छ छूट ?
६ भाद्र २०८०, बुधबार १४:०२
काठमाडौं । एलआईसी नेपालमा बीमा बुझाउन रोकिएको अथवा बन्द रहेको बीमा पोलिसीलाई छूट सहित सुचारु गर्न सकिने भएको छ ।
बीमा पुनर्जागरण अवधि यही भदौ १ देखि असोज १३ सम्मका लागि हुनेछ । विलम्ब शुल्कमा ४० प्रतिशत वा २५००० मा जुन कम हुन्छ सो छूट गरिने कम्पनीले जनाएको छ ।
साथै, २ वर्ष चलेको बीमालेखभने १ वर्ष भित्र पुजर्जागरणको योग्य नहुने तथा वीमा अवधिमा एक पटक छू्रट लिइसकेका बीमितलाई भने फेरि यो सुविधा उपपलब्ध नहुने कम्पनीले उल्लेख गरेको छ ।