धितोपत्र निष्कासन नियमावली २०८० संशोधन गर्न स्वीकृत, आइपीओमा नयाँ व्यवस्था लागु हुने
६ भाद्र २०८०, बुधबार १२:४४
काठमाडौं । सरकारले धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ११६ को उपदफा १ अनुसार नेपाल धितोपत्र बोर्डलाई धितोपत्र निष्कासन नियमावली २०८० संशोधन गर्न स्वीकृत प्रदान गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले नियमावली संशोधन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
त्यस्तै बैठकले धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी यान ३ अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकृति गर्ने निर्णय पनि गरेको छ । यी दुवै निर्णय अर्थ मन्त्रालयको प्रस्तावमा गरिएको हो ।