सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले वार्षिक प्रतिफल वितरण गर्न लागेसँगै बुक क्लोजको मिति तय
६ भाद्र २०८०, बुधबार १२:०५
काठमाडौं । सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को बुक क्लोजको मिति तय भएको छ ।
सिद्धार्थ क्यापिटल लिमिटेडको साउन ३२ गते बसको सञ्चालक समितिको बैठकले आव २०७९।८० का लागि सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको हुँदा सोको प्रयोजनका लागि भदौ १३ गते बुक क्लोज गर्ने भएको हो ।
सिद्धार्थ इक्विटी फण्डले इकाईधनीहरुलाई कर सहित ५ प्रतिशतका दरले हुन आउने ७ करोड ५० लाख प्रतिफल वितरण गर्न लागेको हो ।
त्यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को इकाइधनीहरुलाई कर सहित ६.५ प्रतिशतका दरले हुन आउने ७ करोड ८० लाख प्रतिफल वितरण गर्न लागेको हो ।