ओरियन्टल इन्स्योरेन्स कम्पनीको खुद मुनाफा ३७ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?
काठमाडौं । ओरियन्टल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४० करोड १ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।
खुद नाफा अघिल्लो वर्षको भन्दा ३७।५९ प्रतिशत ले धेरै हो । अघिल्लो वर्ष यस इन्सुरेन्सले २९ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यसको बीमा कोषको आकार पनि १ अर्ब १५ करोड रुपैयाँबाट बढेर १ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । कम्पनीको खुद बिमा शुल्क आर्जन पनि ७।५४ प्रतिशतले बढ्न पुगेको छ । ्
अघिल्लो वर्ष ९० करोड ५६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीको यो त्रैमासमा बढेर ९७ करोड ४९ लाख रुपैयाँमा झरेको छ । यता, कम्पनीको खुद दाबी भुक्तानी पनि ५७ करोड ६२ लाख रुपैयाँबाट बढेर ५८ करोड ३३ लाख रुपैयाँ कायम भएको छ । हाल ओरियन्टलको जगेडा कोषमा ५१ करोड ७६ लाख रुपैयाँ रहेको छ ।