अपर तामाकोशी हाइड्रोपावरको भदौ ६ गते वार्षिक साधारण सभा, यस्ता छन् एजेण्डाहरु

६ भाद्र २०८०, बुधबार १०:५१

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको आज भदौ ६ गते वार्षिक साधारण सभा बस्दैछ । सभा, नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७८–७९ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । नेपाल धितोपत्र बोर्डले अपर तामाकोशीलाई १००५ प्रतिशत अर्थात् १ बराबर १ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद जारी गर्न अनुमति दिइसकेको छ ।

अब कम्पनीले छिट्टै हकप्रद बिक्री खुला गर्नेछ । हाल यस कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ । यस कम्पनीले २२ मेगावाटको रोल्वालिङ खोला निर्माण गर्न हकप्रद सेयर मार्फत पुँजी संकलन गर्न लागेको हो । हकप्रद सेयरका लागि कम्पनीले नागरिक लगानी कोष र सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

यता, कम्पनीले सभा र हकप्रद निष्कासनका लागि साउन २६ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, साउन २५ गतेसम्म कायम लगानीकर्ताले हकप्रद भर्न र सभामा भाग लिन सक्नेछन् ।

One thought on “अपर तामाकोशी हाइड्रोपावरको भदौ ६ गते वार्षिक साधारण सभा, यस्ता छन् एजेण्डाहरु

  1. Navaraj Bhandari says:

    जेजस्तो अवस्था भए पनी लगानीकर्तालाई केही bonus दिनु पर्यों ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*