तीन संस्थापक शेयरधनी हिमालयन बैंकबाट बाहिरिदै, कुनले कति कित्ता शेयर बेच्दैछ ?

६ भाद्र २०८०, बुधबार १०:५४

काठमाडौं । हिमालयन बैंकका संस्थापक शेयरधनी प्रदिप कुमार विडारी को नाममा रहेको ३५ हजार ९८०, प्रभा गोयन्का भीमसरीयाको नाममा रहेको १४ लाख ५१ हजार १८४ र जस्मिन तन्डुकारको नाममा रहेका ५२ हजार ९१० कित्ता गरी कुल १५ लाख ४० हजार ७४ कित्ता संस्थापक शेयर बिक्रीमा आएको हो ।

उक्त शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीहरुलाई रहेको छ । शेयर खरिद गर्न इच्छुक विद्यमान शेयरधनीहरुले सूचना प्रकाशित मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमास्थित कानुन तथा शेयर विभागमा निवेदन दिन सकिने छ ।

साथै, तोकिएको समयावधिभित्र विद्यमान शेयरधनीहरुबाट शेयर खरिदको लागि आवेदन नपरेको खण्डमा कानुन बमोजिम शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रकिया अघि बढाइने समेत बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*