सर्वसाधारण सबैले भर्न पाउने गरी सिटिजन लाइफको आईपिओ निष्काशन भदौं १५ गतेबाट, १० कित्ता भर्न कति पर्छ लागत ?

६ भाद्र २०८०, बुधबार १०:१८

 

काठमाडौं । सिटिजन लाइफले सर्वासाधारण सबैले भर्न पाउने गरी आईपिओ बिक्री खुल्ला गर्ने निर्णय गरेको छ । कम्पनीले आज प्रकाशित गरेको सूचना अनुसार कूल ९० लाख कित्ता शेयर सबै सर्वसाधारणले भर्न पाउने गरी प्रिमियम मूल्यमा प्रतिकित्ता २४४ रुपैयाँका दरले निष्काशन गर्न लागेको हो ।

जीवन बीमा क्षेत्रमा उदाउँदो व्यवसाय गर्दै आएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आईपिओमा यही भदौं १५ गतेबाट भदौं १९ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी आईपिओ निष्काशन गरेको हो । लगानीकर्ताहरुले प्रतिकित्ता २४४ रुपैयाँ तिरेर आवेदन दिनुपर्नेछ ।

न्यूनतम्, १० कित्ता शेयरमा आवेदन दिनको लागि दुई हजार चार सय ४० रुपैयाँ तिर्नुपर्नेछ । आवेदन मेरो शेयर, आईपिओ भर्न मिल्ने बैंक, सिआश्बा सदस्यता प्राप्त बैंकमार्फत भर्न सकिनेछ ।

कम्पनीको कूल जारी पुँजि तीन अर्ब ७५ करोड रुपैयाँ बराबरको तीन करोड ७५ लाख कित्ता शेयर मध्ये ३० प्रतिशत अर्थात एक करोड १२ लाख ५० हजार कित्ताको लागि आईपिओ निष्काशन गरोको थियो । सो मध्ये पाँच प्रतिशत कर्मचारीको लागि छुट्याएको थियो । त्यस्तै, १० प्रतिशत अर्थात ११ लाख २५ हजार कित्ता आईपिओ बैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि छुट्याइएको थियो । त्यस्तै, सामूहिक लगानीकोषको लागि पाँच प्रतिशत छुट्याएपछि सर्वसाधारणको लागि जम्मा ९० लाख कित्ता शेयर वितरण गर्न लागिएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*