शिव श्री हाइड्रोपावरले ३० करोड ८८ लाख रुपैयाँले नोक्सानीमा
काठमाडौं । गत आर्थिक वर्षमा शिव श्री हाइड्रोपावरले ३० करोड ८८ लाख रुपैयाँले नोक्सानीमा रहेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
अघिल्लो आर्थिक वर्षमा कम्पनी ३६ करोड ३६ लाख रुपैयाँ नोक्सानीमा थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको नोक्सानी घटेको हो । सार्वजनिक भएको वित्तीय विवरण अनुसार कम्पनीको विद्युत विक्री आम्दानी बढेको छ ।
अघिल्लो वर्ष २४ करोड ४६ लाख रुपैयाँ विद्युत बिक्रीबाट कम्पनीको आम्दानी ३५ करोड २० लाख रुपैयाँ छ । वित्तीय लागत ४० करोड ५९ लाख रुपैयाँ रहेको छ भने ह्रास कट्टी २० करोड रुपैयाँ रहेको छ ।
एक अर्ब ४७ करोड ६४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष ८७ करोड ९७ लाख रुपैयाँले ऋणात्मक रहेको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ ९२ पैसा ऋणात्मक छ भने प्रतिशेयर नेटवर्थ ४० रुपैयाँ ४१ पैसा छ ।