जीवन बीमा कम्पनीहरुको समस्याबारे बीमा प्राधिकरणले अध्यक्ष र सिईओसँग छलफल गर्दै, सुधारको योजनामाथि बहस हुने

५ भाद्र २०८०, मंगलवार १०:४८

काठमाडौं । आर्थिक संकट लगायतका कारणले जीवन बीमा क्षेत्रमा पारेको प्रभावबारे नेपाल बीमा प्राधिकरणले नेपालमा सञ्चालित जीवन बीमा कम्पनी र तिनका अध्यक्षहरुसँग छलफल गर्ने भएको छ । आगामी शुक्रबार काठमाडौंमा आयोजना गरिने छलफलमा जीवन बीमा क्षेत्रको सुधारका लागि गर्नुपर्ने कामहरुको विषयमा छलफल हुने नेपाल बीमा प्राधिकरणले जनाएको छ ।

देशमा उत्पन्न आर्थिक संकटले पारेको प्रभाव, जीवन बीमा कम्पनीहरुको पुँजि बृद्धिपछिको अवस्था र आगामी कार्ययोजनाबारे बीमा कम्पनीका अध्यक्ष र सिईओहरुसँग छलफल गर्न लागेको हो । छलफलमा बीमा क्षेत्रमा सुधारको लागि कार्ययोजनाबारेमा समेत छलफल हुनेछ ।

जीवन बीमा कम्पनीहरुको पछिल्लो आर्थिक वर्षमा विगतमा जस्तो प्रगति नदेखिएपछि प्राधिकरणले सुधारको कार्ययोजना बनाउन बीमा कम्पनीका अध्यक्ष तथा सिईओहरुसँग छलफल गर्न लागेको हो । छलफलमा बीमा कम्पनीका सिईओ तथा अध्यक्षहरु खुलेर छलफल गर्न लागेको जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*