श्रीजनशील लघुवित्तको मुनाफा बढ्यो
५ भाद्र २०८०, मंगलवार १०:३८
काठमाडौं । श्रीजनशील लघुवित्तले १ करोड ११ लाख २८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्नै सफल भएको छ ।
अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनी ४७ लाख ४९ हजार रुपैयाँ ऋणात्मक थियो । यता, खुद ब्याज आम्दानी भने १९।२८५ ले घटेर १२ करोड ५१ लाख ५१ हजार रुपैयाँमा सीमित भएको छ ।खुद ब्याज आम्दानी घटे पनि सञ्चालन नाफा बढेको र खराब कर्जा घटेकाले खुद नाफा बढ्न सहयोग पुगेको हो ।
गत वर्ष ८४ हजार रुपैयाँ सञ्चालन नोक्सान व्यहोरेको यस कम्पनीले असार मसान्तसम्म १ करोड ५८ लाख ९७ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ । खराब कर्जा १।४०५ ले घटेर ५।११५ मा आएको छ । यसअवधिमा नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ ९७ पैसाले बढेर १० रुपैयाँ १८ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १९३ रुपैयाँ ५१ पैसा छ ।