नेपाल इन्स्योरेन्सको जग्गा बिक्री भएन, शिखर र सगरमाथा इन्स्योरन्सको आँखा परे पनि भाउ नमिलेर पछि हट्यो
काठमाडौं । नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स कम्पनीलाई नियामक निकायले तोकिएको समयमा चुक्ता पुँजी पुर्याउन सकस परेको छ ।कम्पनीले असार २४ गते जग्गा बिक्रीको लागि पहिलो सूचना जारी गर्दै पुन साउन २ गते र भदौमा पनि जग्गा बिक्रीको राख्दा पनि बिक्रि नभएपछि कम्पनीलाई पुँजि पुराउन सकस परेको देखिएको छ।
सम्पत्ति बेचेर पुँजी पुर्याउने विकल्प रोजेको नेपालकै पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्सलाई बिक्रीमा रहेको घर जग्गा नबिकेपछि प्राधिकरणको निर्देशनअनुसारको पुँजी थप्न सकस देखिएको हो ।हाल कम्पनीले आफ्नो स्वामित्वमा रहेको विभिन्न ठाउँको घरजग्गा बिक्रीमा राखिरहेको छ ।
कम्पनीको बेच्न लागेको सम्पत्तिको मूल्यांकन ४० करोड रुपैयाँ बराबरको छ । यो सम्पत्ति किन्नको लागि शिखर र सगरमाथा इन्स्योरेन्सले प्रयास नगरेको भने हैन । तर जग्गको भाउ नमिल्दा यी दुबै कम्पनी पछि हटेको स्रोतले बताएको छ ।
इन्स्योरेन्सले नेपाल बीमा प्राधिकरणको स्वीकृति अनुसार नै काठमाडौंको न्यूरोडको भवन, भरतपुर, वीरगञ्ज र विराटनगरको जग्गा हाल बिक्रीमा राखेको छ । जुन बिक्रीमा रहेको एक महिना हुँदा पनि बिक्री हुन नसकेको कम्पनीको भनाई छ ।
सूचना जारी गरेको एक महिना बित्दा पनि घरजग्गा बिक्न नसकेपछि इन्स्योरेन्सले दोहोरो पटक सूचना जारी गरेको छ ।इन्स्योरेन्सले काठमाडौं, मोरङ्ग, पर्सा र चितवन गरी चार वटा जिल्लाका घर र जग्गा लिलामीमा बिक्री गर्न गत असार २५ गते नै पहिलो पटक एक सूचना जारी गरेको थियो । जुन सूचना कम्पनीले साउन १९ गते पुनः प्रकाशन गरेको छ ।
दोश्रो पटक प्रकाशित भएको सूचनामा भने इन्स्योरेन्सले १५ दिनको समय तोकेर उक्त सम्पत्ति गोप्य शिलबन्दी प्रकृयाबाट बिक्री गर्दै छ । जसमा इच्छुक व्यक्ति, संघ संस्था जो कसैले तोकिएको समय अर्थात आगामी भदौ १ गते दिउँसो तीन बजेभित्र आवेदन पेश गर्न सक्ने समेत इन्स्योरेन्सले जानकारी गराएको छ ।
आज सम्पत्ति गोप्य शिलबन्दी प्रकृया सहितको सूचना प्रकाशन गरेको छ।