मुनाफा बृद्धिदरमा सन नेपाल, आईएमई, सिटिजन र रिलायबल नेपाल लाइफ अग्रस्थानमा, अन्य कुनको अवस्था कस्तो ? (तथ्यांक सहित)

१ भाद्र २०८०, शुक्रबार १७:४४

काठमाडौं । जीवन बीमा कम्पनीहरुले आव २०७९।८० को चौथो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार अघिल्लो आवमा कुल ३ अर्ब ८९ करोेड २१ लाख नाफा कमाएकोमा गत आवमा ४ अर्ब ४७ करोड ६० लाख नाफा आर्जन गरेका छन् ।

अघिल्लो आवमा नेशनल लाइफले सर्वाधिक ७३ करोड ९२ लाख नाफा आर्जन गरेको छ । मेट लाइफले ५९ करोड ६५ लाख तथा हिमालयन लाइफले ४० करोड ७९ लाख नाफा आर्जन गरेका छन् । सूर्यज्योति लाइफले ३७ करोड ३७ लाख तथा एशियन लाइफले २९ करोेड १५ लाख नाफा आर्जन गरेको छन् ।

त्यस्तै, रियालबल लाइफले २७ करोड ४८ लाख, सन नेपाल लाइफले २१ करोड ४६ लाख, सानिमा लाइफले १५ करोड ९१ लाख, आइएमई लाइफले १२ करोड ८६ लाख, सिटिजन लाइफले १२ करोड १२ लाख, प्रभु महालक्ष्मीले ७ करोड २६ लाख र राष्ट्रिय बीमा संस्थानले ७ करोड १७ लाख नाफा आर्जन गरेका छन् । अघिल्लो अवमा प्रोभिजनको कारण नेपाल लाइफ इन्स्योरेन्सको ३२ करोड २७ लाख र लाइफ इन्स्योरेन्सको ८ करोड ७४ लाख मुनाफा घटेको छ ।

अघिल्लो आवमा प्रोभिजनको कारण नेपाल लाइफ इन्स्योरेन्सको घटेको नाफामा गत आवमा सर्वाधिक ६७ करोड ४४ लाख नाफा आर्जन गरेको छ । हिमालयन लाइफले ५८ करोड १३ लाख, सन नेपालले ५६ करोड ६५ लाख, रिलायबलले ४३ करोड २२, नेशनल लाइफले ३६ करोड ४५ लाख, मेट लाइफले ३५ करोड ९९ लाख, सूर्यज्योतिले २९ करोड ४० लाख, आइएमईले २४ करोड सानिमाले २१ करोड, सिटिजनले २० कारोड तथा अघिल्लो आवमा घटेको लाइफ इन्स्योरेन्सले गत आवमा १२ करोड ४६ लाख नाफा आर्जन गरेको छ ।

त्यस्तै, गत आवमा प्रभु महालक्ष्मी लाइफले १० करोड ५० लाख तथा राष्ट्रिय बीमा संस्थानले ७ करोड नाफा आर्जन गरेका छन् ।

प्रोभिजनको कारण गत आर्थिक बर्षमा घाटामा रहेको नेपाल लाइफ र एलआईसी नेपाल यस त्रैमासमा मुनाफामा अगाडि बढेको छ। चालु आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा सन नेपाल लाइफको मुनाफा वृद्धिदर अग्रस्थानमा रहेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म २१ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको सन नेपाल लाइफले गत आर्थिक वर्षको अन्त्यसम्म ५६ करोड ६५ लाख रुपैयाँ माथि नाफा आर्जन गरेको छ।

दोस्रोमा आइएमई लाइफ रहेको छ। कम्पनीले पनि ८७।१८ प्रतिशतले मुनाफा वृद्धि गरेको छ।

कम्पनीहरुले प्रकाशन गरेको तथ्यांक अनुसार सिटिजन लाइफले ६५।८८ प्रतिशत, रिलायबल नेपाल लाइफले ५७।२८ प्रतिशत, प्रभु महालक्ष्मीले ४४।६७ प्रतिशत, हिमालयन लाइफले ४२।५१ प्रतिशत र सानिमा रिलायन्सले ३७।८८ प्रतिशतले मुनाफा वृद्धि गरेको छ।

त्यस्तै, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान, एसियन लाइफ, सूर्यज्योति लाइफ, मेट लाइफ र नेसनल लाइफको मुनाफा भने अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*