ग्लोबल आइएमई लघुवित्तले खुलायो यी पदमा रोजगारको अवसर, के–के चाहिन्छ योग्यता ?
काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले अधिकृत, सहायक अधिकृत श्रेणीमा विभागीय प्रमुख, अनुगमन अधिकृत तथा आन्तरिक लेखापरीक्षक, शाखा प्रमुख, सहायक, कनिष्ठ सहायक, व्यवस्थापन प्रशिक्षार्थी तथा प्रशिक्षार्थी सहायक पदमा कर्मचारी माग गरेको हो ।
व्यवस्थापकिय श्रेणीमा आवेदन दिनका लागि २१ वर्ष पुरा भई ४५ ननाघेको, अधिकृत श्रेणीका लागि २१ वर्ष पुरा भई ४० ननाघेको र सहायक श्रेणीका लागि १८ वर्ष पुरा भई ३५ ननाघेको र तोकिएको शैक्षिक योग्यता भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।
साथै, दुई पाङ्ग्रे सवारी साधन चालक अनुमतिपत्र भएकालाई विशेष प्राथमिकता दिने कम्पनीले उल्लेख गरेको छ ।
आवेदन दिन योग्य तथा इच्छुक व्यक्तिले तोकिएको कागजातसहित सूचना प्रकाशित मिति (भदौ १)ले १५ दिनभित्र संस्थाको वेवसाइट https://gilb.com.np/ मा गएर आवेदन दिन सकिने कम्पनीले सूचनामा उल्लेख गरेको छ ।