आजदेखि सर्वसाधारणको लागि आइपीओ निष्काशन गरेको सन नेपाल लाइफको आइपीओमा कति पर्यो आवेदन ?

३२ श्रावण २०८०, बिहीबार १७:४५

काठमाडौं । । आजदेखि सर्वसाधारणको लागि आइपीओ निष्काशन गरेको सन नेपाल लाइफको आइपीओमा २२ करोड ८० लाख रुपैयाँ बराबरको आवेदन परेको छ।कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी २३९ रुपैयाँमा ७६ लाख ८० हजार कित्ता आईपीओ जारी गरेको हो ।

कम्पनीो आइपीओमा ७९ हजार ६४४ आवेदकबाट कुल ९ लाख ५४ हजार कित्ताका लागि २२ करोड ८० लाख ६ हजार रुपैयाँ बराबरको आवेदन परेको सिडिएसको तथ्यांकले देखाएको छ।

कम्पनीको आईपीओमा आवेदकले छिटोमा भदौ ४ गते र ढिलोमा भदौ १४ गतेसम्म्मा आवेदन दिन पाउनेछन् ।

कम्पनीको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*