आइपीओ निष्काशन गरेको रिलायबल नेपाल लाइफको खुद मुनाफा ५७ प्रतिशतले बढ्यो, अन्य सूचकमा उत्साहजनक प्रगति

३२ श्रावण २०८०, बिहीबार ०९:३२

काठमाडौं ।  रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चौथौ त्रैमासको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ।

यस त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन ७ प्रतिशतले घटेर ३ अर्ब ४७ करोड ८९ लाख रुपैयाँमा सिमित भएको छ । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा ३ अर्ब ७७ करोड १ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको मुनाफा भने गत आर्थिक बर्षको तुलनामा ५७ प्रतिशत प्रतिशतले बढेको छ।

कम्पनीले गत आािर्थक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा ४३ करोड २२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ४८ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ।

कम्पनीको हालको चुक्ता पुँजि २ अर्ब ८० करोड रुपैयाँ रहेको छ।
कम्पनीको जगेडा कोषमा १ अर्ब ४७ करोड ९९ लाख रुपैयाँ र बीमा कोषमा ६ अर्ब ६३ करोड ४८ लाख रुपैयाँ पुगेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*