यी तीन तरिकाबाट हेर्नुहोस् रिलायबल नेपाल लाइफको आइपीओ नतिजा
काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आइपीओ आज बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार आईपीओ आज साझ ५ बजे बाँडफाँड सम्पन्न भएको हो ।
कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २५७ रुपैयाँमा सेयर निष्काशन गरेको थियो । कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर निष्काशन तथा बिक्री खुला गरेको थियो ।
आइपीओको नतिजा यी साइटबाट हेर्न सक्नेछ,
सीडीएसले आइपीओको नतिजा हेर्न बनाएको वेबसाइटः https://www.cdsc.com.np/
बिक्री प्रबन्धकको वेबसाइटस: https://www.civilcapitalmarket.com/ipo/
मेरोसेयर एप: https://meroshare.cdsc.com.np/#/login