राष्ट्रिय बीमा संस्थानले बोलायो विशेष साधारण सभा, यस्तो छ मुख्य एजेण्डा

३१ श्रावण २०८०, बुधबार १०:०३

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले विशेष साधारण सभा डाकेको छ । कम्पनीको साउन २७ गते बसेको सञ्चालन समितिको बैठकले तय गरेको मिति भदौ १५ गते शुक्रबार दिउँसोको ३ः३० बजे संस्थाको प्रधान कार्यालयमा सभा बोलाएको हो ।

सभाले बीमा ऐन २०७९ को दफा १७२ बमोजिम राष्ट्रिय बीमा संस्थानलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गर्नका लागि प्रस्ताव गर्ने मुख्य एजेण्डा रहेको संस्थाले जनाएको छ ।

त्यस्तै, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली स्वीकृत गर्ने तथा संस्थानलाई कम्पनीमा रुपान्तरण गर्दा गर्नुपर्ने कार्य आदि गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी समेत प्रदान गर्ने जस्ता प्रस्तावहरु पारित गर्ने बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*