बीमा दावी भुक्तानी र सम्पत्ति शुद्धिकरणबारे महेन्द्रनगरमा तालिम सम्पन्न

३० श्रावण २०८०, मंगलवार १८:२८

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा सुदुरपश्चिमको महेन्द्रनगरमा बीमा दावी भुक्तानी तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी एक दिने तालिम आज सम्पन्न भएको छ ।

नेपाल बीमा प्राधिकरणका उप निर्देशक बिरोध भट्ट, बीमा प्राधिकरणको सुदुरपश्चिम प्रोदेशिक कार्यालय धनगढीका प्रमुख उप निर्देशक हृदयश्वर पण्डितको उपस्थितिमा तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

महेन्द्रनगरमा रहेका जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीका शाखा प्रमुखहरुलाई सहभागी गराई तालिम प्रदान गरिएको हो । तालिममा दावी भुक्तानीका गुनासा, कृषि बीमाको समस्या तथा बीमाका अन्य समसामयिक विषयमाथि छलफल भएको थियो ।

तालिममा उप निर्देशक बिरोध भट्टले बीमा दावी फस्र्यौट सम्बन्धी र उप निर्देशक तथा प्रादेशिक कार्यालय प्रमुख हृदयश्वर पण्डितले सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम प्रदान गरेका थिए । तालिममा करिब तीन दर्जन कर्मचारीहरु सहभागी थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*