राष्ट्रिय बीमा कम्पनीले बीमक संघ र सर्भेयर संघ बीचको सहमति लागू नगरेको गुनासो, सर्भेयरलाई न्यूनतम सर्भे शुल्क नपाए काम नगर्ने चेतावनी
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले बीमक संघ र सर्भेयर संघ बीचको सहमति लागू नगरेको गुनासो गरेको छ। सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले सर्भेयरमाथि समेत राजनिति गर्न लागेको भन्दै बीमा सर्भेयर संघले सम्पूर्ण सर्भेयरहरुलाई अन्डराईटिङको काम बन्द गर्न निर्देशन दिएको छ।
सर्भेयर संघका अध्यक्ष मोहनपुरुष ढकालले सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले सर्भेयरको पारिश्रमिकमा समेत रानजिनि गर्न लागेको भन्दै आपत्ति जनाएको छ।
बीमा सर्भेयर संघ नेपालले आज प्रेस विज्ञप्ती जारी गर्दैउ संघमा आवद्ध सर्भेयहररलाई राष्ट्रिय बीमा कम्पनीमा क्षति मुल्याङकनको लागि बीमा सर्भे कार्य नगर्न आग्रह गरेको छ।
बीमा सर्भेयर संघ नेपालको चौथो वार्षिक साधारण सभाले नेपाल बीमक संघ र बीमा सर्भेयर संघ नेपालबीच २०७२ चैत २१ गते सम्झौता भई २०७३ बैशाख १ गतेदेखि लागु हुनेगरी गर्नुपर्ने सर्भे फि राष्ट्रिय बीमा कम्पनीले लागु नगरेको हुँदा बीमा सर्भेयर नेपालले यस्तो निर्णय गरेको थियो ।
सो निर्णय उल्लंघन गरेको भन्दै आगामी दिनमा उक्त गल्ती नदोहराउने निर्णय नगर्न संघले आह्वान गरेको छ। प्रस्तावलाई सबै सदस्यहरुले सर्वसम्मतीले अनुमोदन गरिएको समेत सर्भेयर संघले जनाएको छ ।
राष्ट्रिय बीमा कम्पनीको तर्फबाट हालसम्म पनि उक्त समस्या समाधानका लागि कुनै पनि चासो र पहल कदमी नउठाएको सर्भेयर संघले बताएको छ ।
संघमा आवद्ध सर्भेयहले बीमा गराईरहेको पाइएको कारण आगामी दिन निसाको नियम विपरित काम गर्नेलाई कारावाही समेत गर्ने चेतावनी दिएको छ ।