बदिर्यामा बाढीग्रस्त क्षेत्रका लागि प्राक्टिकल एक्शनको बाढी उत्थानशिल परियोजनाको आयोजनामा जनचेतनामूलक कार्यक्रम
काठमाडौं । बाढी ग्रस्त क्षेत्रका लागि प्राक्टिकल एक्शनको बाढी उत्थानशिल परियोजनाले बदिर्याको गोडियानामा जनचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ। मौसम सूचांकमा आधारित बाढी बीमा सम्बधी जानकारीको लागि बर्दियाको स्थानीयलाई सूसेचत गराउने हेतुका साथ आयोजना गरिएको कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रदेश कार्यलयका गृह सचिवको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश प्रमुख तथा प्राक्टिकल एक्शनका प्रतिनिधि लगायत कानुन अधिकृत सिता घिमिरे, कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकाल, शिखर इन्स्योरेन्स कम्पनीको प्रदेश प्रमुख तथा शाखा प्रमुख विभिन्न सहकारीका व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।
प्राक्टिल एक्सनलगायत विभिन्न गैरसरकारी संस्थाको समन्वय तथा शिखर इन्स्योरेन्स कम्पनीले किसानले लगाएको बालीको बीमा गर्ने र कर्णाली नदीको बाढीमापन केन्द्रको सूचकलाई आधार मानेर बीमाको भुक्तानी गर्ने गरी पाइलट प्रोजेक्टका रुपमा हुने कार्यक्रम हो ।बाढी प्रभावित क्षेत्रका गरिब तथा किसानका लागि निकै प्रभावकारी यस सूचकांकमा आधारित बाढी बीमाले तोकिएको सूचकांकमा बाढी पुगेमा कुनै क्षती नभए पनि बीमा रकम भुक्तानी गर्ने जनाएको छ । तर तोकिएको सूचकांकमा बाढी नपुगी भएको क्षतीको भने भुक्तान नहुने बताएको छ ।
तोकिएको सूचकांकमा पुग्ने बाढीले गर्नसक्ने क्षतिको पहिल्यै लेखाजोखा गरिने भएकाले बाढी पश्चात क्षतिको लेखाजोखा सिफारिस तथा फोटा जस्ता प्रक्रियागत कागजपत्र बिना नै तत्कालै सहजै भुक्तानी पाइनेछ ।
उक्त भुक्तानीको प्रक्रिया एक हप्ताको हुने छ । किसानले भएको क्षतिबापत रकम एक हप्तामा प्राप्त गर्नेछन् । कर्णाली नदीमा १० दशमलव ८० मिटरसम्म पानीको सतह पुग्दा किसानले १० प्रतिशत बीमा बापतको रकम प्राप्त गर्नेछन् ।
त्यस्तै ११ दशमलव ८१ देखि १२ दशमलव ८० मिटर पानीको मापन भएपछि २५ प्रतिशत, १३ दशमलव ८० मिटरदेखि १४ दशमलव ८१ पानीको मापन भएमा ७५ प्रतिशत र १४ दशमलव ८० भन्दा बढी पानीको सतह मापन भएमा किसानले शतप्रतिशत बीमा बापतको रकम प्राप्त गर्नेछन् ।
त्यसका लागि किसानले सात प्रतिशत बीमा प्रीमियमबापतको रकम इन्स्योरेन्स कम्पनीलाई तिर्नुपर्ने छ । कर्णाली नदीको तटीय क्षेत्रमा रहेका कैलालीका टीकापुर नगरपालिका र जानकी गाउँपालिका तथा बर्दियाको मधुवन नगरपालिका, राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा कर्णाली नदीको पानीको सूचकाङ्क मापनका आधारमा हुनसक्ने क्षतिको आकलन गरेर किसानलाई बिना झन्झट बीमा रकम भुक्तानी गरिनेछ ।