सरकार र सदन तपाईहरुकै पक्षमा छ: सूर्यमान

धनबहादुर मगर
२८ श्रावण २०८०, आईतवार १०:३०

काठमाडौं । साउन २६ निमार्ण व्यवसायी महासंघले विभिन्न नौं सुत्रिय माग राखि काठमाडौंको माइतीघर मण्डलामा धर्ना कार्यक्रम सम्पन्न गरेको छ । धर्ना कार्यक्रममा देशको निर्माण कार्य छोडेर, निर्माण गर्नुको साटो सडकमा आउन वाध्य बनाएको छ ।

व्यवसायीले सरकारले निर्माण व्यवसायीहरुलाई सडकमा आउन वाध्य पारिएको बताउँदै आफूहरुले राखिएका मागहरु पूरा नगरे आन्दोलन गर्ने बताए । कार्यक्रममा अव्यस्थित माइस्टोन खारेज गर, विमा निर्देशिका २०७८ खारेज गर, रोकिएको भुक्तानी सूचारु गर, भन्ने विभिन्न नारासहित प्ले कार्ड बोकेका, टोउकोमा हेल्मेट लगाएका, सिठी बजाउँदै नारा र जुलुसमा सहभागी भएका व्यवसायीहरु माइती घरमण्डलामा धर्ना दिएर व्यवसायी महासंघको अनामनगरस्थित कार्यालयमा पुगेर कार्यक्रमको समापन गरेका थिए ।

उक्त कार्यक्रममा बागमती प्रदेशका सभासद सूर्यमान दोङ लामाले देशको निमार्ण कार्यक्रममा निर्माण व्यवसायीहरुको सबैभन्दा ठूलो योगदान रहेको बताउँदै सरकारको अग्रगामी कामले गर्दा निर्माण व्यवासायीको त्यस्तो हालत भएको बताए । निर्माण व्यवसायीहरूको आन्दोलनमा हाम्रो पनि ऐक्वद्धता छ । ‘‘तपाईहरुको लगानी जस्ताको तस्तै फिर्ता गर्नु पर्छ भनेर म आएको छु ।’’ सभासद लामाले भने । ‘‘सरकार र सदन तपाईहरुकै पक्षमा छ ।’’ विधि विधानको कारण अप्ठेरो परेको कुरा सदनमा उठेको छ । सरकारको काम दमन गर्ने होइन, व्यवसथापन गर्ने हो ।

हिजोको सरकारले गरेको काम भनेर बन्द गर्नु हुँदैन । ठेक्का गर्न पैसा नभएको कुरा गरियो । ४ वर्ष अगाडि ४ करोडको काम गरेको व्यवसायीले ४ करोडको बैंकको व्याज आजसम्म कति भयो होला ! निर्माण व्यवसायीले अब राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सोध्नु पर्ने बेला आएको छ । सुशासन सहितको सरकारले तपाईहरुलाई साथ दिनुपर्छ । वार्ता, सम्वाद, छलफलमा पुग्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु । पैसा छैन भन्ने प्रश्न होइन, समाधान गर्नुपर्छ ।

साथै दोङले तिमाल, डाडापारी, पाँचखालको सडक बिग्रीनुमा हामी सबै दोषी रहेको छ भने ।

इट्टा उद्योग व्यवासायी संघका अध्यक्ष शंकरबहादुर चन्दले कार्यक्रमलाई सम्वोधन गर्दै राज्यले सूचारु रुपमा काम गर्न दिइयोस् भन्ने आग्रह गरे । आज मजस्ता व्यवसायीको घर जग्गा लिलाम हुँदैछ । म्याद थप गर्दा के हुन्छ ? गाडीमा लगाएको झण्डा सुरक्षित गर्ने हो भने नेताहरुको स्वार्थका लागि खेलिएको ठेक्का बन्द गनेुपर्छ । सरकारले काम लगाएपछि जवाफदेही हुनुपर्छ कि पर्दैन ?निर्माण व्यवसायीले निर्माण कार्यको बाँकी रकमको भुक्तानी, म्याद थप, मूल्य समायोजना, उपभोक्ता समिति खारेजी लगायतका ९बुँदे मागका सम्बन्धमा आयोजित विरोध कार्यक्रम गरेका हुन् । कार्यक्रममा निर्माण व्यवसायी महासंघका सातै प्रदेशका पदाधिकारीहरु सहभागी थिए ।

निर्माण व्यवसायीहरुको माग :
१. सबै निर्माण कार्यक्रमको भुक्तानी हुनु पर्ने ।
२. सम्पूर्ण आयोजनाहरुको एकमुष्ट रुपले म्याद थप गर्न पुन: आदेश जारी गर्नु पर्ने ।
३. अत्याधिक र अप्रत्यसित रुपमा भएको मूल्यवृद्धिलाई सम्वोधन हुने गरि मूल्य समायोजन गरिनु पर्ने ।
४. रुग्न आयोजनाहरु, अन्यौल ग्रस्त र वजेट नभएका निर्माण कार्य सुविधाको आधारमा अन्त्य गर्नु पर्ने ।
५. भुक्तानी नपाउञ्जेलसम्म चेक वाउन्स र बैंक ग्यारेन्टीका कार्वाही रोकिनु पर्ने ।
६. विमा निर्देशिका २०७८ खारेज गरिनु पर्ने ।
७. स्रोतमा कट्टा गरेको कर रकम नियोक्ताले समयमानै दाखिला गर्नु पर्ने
८. उपभोक्ता समितिबाट निर्माण कार्यगर्ने नियम खारेज गरिनु पर्ने
९. ऐन नियममा संशोधन गरिनु पर्ने लगायतका माग राखेर कार्यक्रम गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*