मर्जरमा गएका साविक जीवन बीमा कम्पनीहरुलाई बीमा प्राधिकरणको ताकेता

२६ श्रावण २०८०, शुक्रबार १३:४१

काठमाडौं । मर्जरमा गएका साविक जीवन बीमा कम्पनीहरुलाई नेपाल बीमा प्राधिकरणले समयमै एक्चुरी भ्यालुएसन सम्पन्न गरि बीमाकीय मूल्यांकन पेश गर्न निर्देशन दिएको छ। मर्जरमा गएर एकीकत कारोबार सुचारु गरिसक्दा पनि साविकको जीवन बीमा कम्पनीहरुले एक्चुरी भ्यालुएसनको काम सम्पन्न गरि नसेकेको हुँदा दुई साताको समय दिएको छ।

बीमा प्राधिकरणले हाल एकीकृत कारोबार शुभारम्भ गरिसकेका साविक प्रभु लाइफ र महालक्ष्मी लाइफ,सानिमा लाइफ र रिलायन्स लाइफ, र गुराँस लाइफ इन्स्योरेन्स सहित पाँच वटा जीवन बीमकलाई बीमांकी मूल्यांकन र वित्तीय प्रतिवेदन तयार पार्ने तोकेता गरेको हो ।

नेपालमै एक्चुरी नपाईने र भ्यालुएसनको लागि भारतको भर पर्नुपर्ने भएको कारण प्रत्येक बर्ष बीमा कम्पनीहरुको भ्यालुएसन ढिला नै हुने गरेको छ। प्राधिकरणले मर्जरमा गएका कम्पनीहरुलाई एकिकृत कारोबार शुभारम्भ गर्न अघि नै समयमा एक्चुरी भ्यालुएसन समयमै सम्पन्न गर्न निर्देशन दिएको थियो । तर एकिकृत कारोबार शुभारम्भ भएको यतीका समय बित्दा पनि बीमा कम्पनीहरुले ध्यान नदिएको हुँदा बीमा प्राधिकरणले पत्र नै पठाएर चेतावनी समेत दिएको छ।

कम्पनीको एक्चुरी भ्यालुएसन पास नभएसम्म साधारणसभा पनि हुन सक्दैन । जसको कारण साधारणसभामा पनि कम्पनीहरु पछि नै पुर्न पर्ने बाध्यता रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*