क्रेस्ट माइक्रो लाइफले खुलायो रोजगारको अवसर, के–के चाहिन्छ योग्यता ?

२६ श्रावण २०८०, शुक्रबार ११:०७

काठमाडौं ।क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले उपशाखा, एक्सटेन्सन काउन्टरको लागि प्रमुख लगायत अन्य कर्मचारीहरुको माग गरेको छ ।

कम्पनीले बिर्तामोड, फिदिम, इलाम, कलैया, काठमाडौं, सिन्धुली, दमौली, लमही, राजविराज, जनकपूर, हेटौडा, टिकापूर र सल्यान उपशाखा तथा एक्सटेन्सन काउन्टरहरुमा कर्मचारी माग गरेको हो ।

आवेदन दिनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट न्यूनतम स्नातक वा सो सरह उत्तीर्ण गरी जीवन बीमा क्षेत्रमा अनुभव भएको हुनुपर्ने जनाएको छ ।

सवारीचालक अनुमतिप्राप्त भएकोलाई विशेष प्राथमिकता दिइने छ । आवेदन दिन योग्य एवम् इच्छुक व्यक्तिले शैक्षिक योग्यताको प्रमाणपत्र र आफ्नो विस्तृत व्यक्तिगत विवरणसहित सूचना प्रकाशित मितिले १५ दिनभित्र कम्पनीको इमेल ठेगाना [email protected] मा पेश गर्न कम्पनीले आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*