अरुण काबेली पावरको हकप्रद शेयर जारी गर्ने मिति परिवर्तन, भदौ ११ देखि दिन पाईने आवेदन
काठमाडौं । अरुण काबेली पावर कम्पनी लिमिटेडले हकप्रद शेयरमा आवेदन दिने मिति परिवर्तन गरेको छ । कम्पनीको हकप्रदमा अब भदौ ११ गतेदेखि ३१ गतेसम्म आवेदन दिन सकिने भएको छ ।
कम्पनीले यस अघि भदौ ८ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने निर्णय गरेको थियो । कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर निष्काशन गर्न लागेको हो । यस अनुसार कम्पनीले १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार २५ गते बुकक्लोज गरेको थियो। यस अनुसार असार २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा भदौ २८ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।