आइएमई लाइफ नेशनल लाइफ, सन नेपाल र सिटिजन लाइफ वृद्धिदरमा अग्रस्थानमा, पाँचको घट्यो, अन्यको अवस्था कस्तो ? (सूची सहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन २ दशमलव ६४ प्रतिशत वृद्धि भएको छ। चरम आर्थिक मन्दीका बीच कम्पनीमा भएको वृद्धिदर सन्तोषजनक रहेको नेपाल बीमक संघका अध्यक्ष पोषकराज पौडेलले बताए ।
सम्पूर्ण क्षेत्रमा आर्थिक मन्दीको असर देखिरहेको बेलामा जीवन बीमा कम्पनीहरुको यो वृद्धिदरलाई सन्तोषजनक नै मान्नुपर्ने उनको भनाई छ। चालु आर्थिक बर्षको चौथौ त्रैमाससम्मा १ खर्ब ४२ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ। गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले १ खर्ब ३८ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।
वृद्धिदरको आधारमा
गत आर्थिक बर्षको तुलनामा वृद्धिदरको आधारमा हेर्ने हो भने आइएमई लाइफ नेशनल लाइफ, सन नेपाल र सिटिजन लाइफ अग्रस्थामा रहेको छ।
आइएमई लाइफको बीमा व्यवसाय गत आर्थिक बर्षको तुलनामा १८ प्रतिशत, नेशनल लाइफको १४ प्रतिशत, सन नेपाल लाइफको ११ प्रतिशत र सिटिजन लाइफको ८।५४ प्रतिशतले बढेको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ।
पाँच कम्पनीको कुल बीमाशुल्क घट्यो
पाँच कम्पनीको कुल बीमाशुल्क आर्जन गत आर्थिक बर्षको तुलनामा व्यवसाय घटेको छ।
गत आर्थिक बर्षको तुलनमा एलआईसी नेपाल, हिमालयन लाइफ, राष्ट्रिय बीमा संस्थान, रिलायबल नेपाल लाइफ र महालक्ष्मी प्रभु लाइफको बीमा व्यवसाय भने घटेको छ।
असार मसान्तसम्ममा कुन कम्पनीले कति आर्जन गरे ?
जीवन बीमा कम्पनीहरुले असार मसान्तसम्म्मा १ खर्ब ४२ अर्ब रुपैयाँ आर्जन गर्न सफल भएको छ।हाल संचालमा जीवन बीमा कम्पनीहरुको १ करोड ४१ लाख ३७ लाख ३ सय २१ वटा बीमा पोलिसी बिक्रि गरेर १ खर्ब ४२ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
यस त्रैमासम्मा अग्रस्थामा नेपाल लाइफ रहेको छ। कम्पनीले असार मसान्तसम्ममा ३७ अर्ब १७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
दोस्रोमा एलआइसी नेपालको १७ अर्ब ४६ करोड १४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो ।
तेस्रोमा नेशनल लाइफको १६ अर्ब ४३ करोड कुल बीमा शुल्क आर्जन गरेको छ ।
चौथौमा हिमालयन लाइफले १४ अर्ब ८९ करोड रुपैयाँ रहेको छ।
बीमा प्राधिकरणको तथ्यांक अनुसार सूर्यज्योति लाइफले ८ अर्ब ८१ करोड, राष्ट्रिय बीमा संस्थानले ८ अर्ब ३० करोड, एशियन लाइफले ७ अर्ब १ करोड, सिटिजन लाइफले ५ अर्ब ८९ करोड, सानिमा रिलायन्स लाइफले ५ अर्ब ६७ करोड रुपैयाँ मेट लाइफले ५ अर्ब २६ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ।
त्यस्तै, आइएमई लाइफले ४ अर्ब १८ करोड, रिलायबल नेपाल लाइफले ३ अर्ब ७९ करोड, सन नेपाल लाइफले ३ अर्ब ७८ करोड, प्रभु लाइफले २ अर्ब ७ करोड र महालक्ष्मी लाइफले १ अर्ब ५८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।