कारोबार सुरु गरेको एक सातामै गार्डियन माइक्रो लाइफद्धारा आशा लाग्दो व्यवसाय, यस्तो देखियो क्रेष्ट माइक्रो लाइफको कारोबार

२५ श्रावण २०८०, बिहीबार १८:००

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले कारोबार सुरु गरेको छोटो समयमा मात्रै आशा लाग्दो बीमा शुल्क संकलन गर्न सफल भएको छ । बीमा प्राधिकरणले आज सार्वजनिक गरेको विवरण अनुसार विराटनगर केन्द्रीय कार्यालय रहेको गार्डियन माइक्रो लाइफले कारोबार सुरु गरेको ८ दिनमा नै एक लाख ४१ हजार रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएको छ ।

प्राधिकरणका अनुसार लघुबीमा कम्पनी गार्डियनले प्रथम बीमा शुल्क संकलन गरी सो रकम आर्जन गरेको हो । त्यस्तै, दोस्रो लघु बीमा कम्पनी क्रेष्टले कारोबार सुरु गरेको छोटो अवधीमा ६४ हजार रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएको छ ।

नेपालको पहिलो लघुबीमा कम्पनीको रुपमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले गत असार २२ गते विराटनगरबाट कारोबार शुभारम्भ गरेको थियो ।

*यसअघि तथ्याङ्कमा त्रुटी भएकोले सम्पादन गरिएको छ । सं.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*