कृषि बीमाको अनुदान शुल्क नपाएपछि बीमक संघद्धारा पुन: आन्दोलन गर्ने चेतावनी
काठमाडौं । कृषि बीमाको अनुदान शुल्क नपाएपछि बीमक संघले पुन आन्दोलनको चेतावनी दिएको छ । बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले सरकारबाट प्राप्त हुनुपर्ने बाँकी बक्यौता अनुदान पूर्ण रुपमा उपलब्ध नगरेपछि पुन आन्दोलनमा जाने चेतावनी दिएको छ ।
सरकारले २०६९ साल माघ १ गतेदेखि कृषक र कृषिलाई प्राथमिकता दिई कृषि बीमाशुल्कमा अनुदान दिँदै आएको थियो । विगत ११ वर्षदेखि बीमा कम्पनीहरूले नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशिकाबमोजिम कृषि बीमालेख जारी गर्ने, क्षति हुँदा क्षतिको दाबी भुक्तानी गर्दै आएका छन् ।
तर केही बर्षयता सरकारले दिनुपर्ने अनुदानको रकम ढिलो दिँदै आएको बीमक संघले जनाएको छ। जसको कारण बीमा कम्पनीहरु समस्यामा परेको संघले जनाएको छ। ‘सरकारले कृषि बीमाशुल्कमा तोकेको अनुदान रकम बीमा कम्पनीहरूलाई दिन हालसम्म करिब ती अर्ब बाँकी रहनु दुःखद हो ।’ बीमक संघले जनाएको छ ।
यस्तो अवस्थामा सरकारबाट प्राप्त हुनुपर्ने बाँकी बक्यौता अनुदान पूर्णरूपमा प्राप्त नहुन्जेल कृषिसँग सम्बन्धित सबै बीमाको बीमालेख जारी गर्न र सोसँग सम्बन्धित क्षतिको दाबी भुक्तानी दिन असमर्थ रहेको संघले जनाएको छ ।
सरकारबाट प्राप्त हुनुपर्ने बाँकी बक्यौता अनुदान पूर्णरूपमा प्राप्त नहुन्जेल कृषिसँग सम्बन्धित सबै बीमाको बीमालेख जारी गर्न र सोसँग सम्बन्धित क्षतिको दाबी भुक्तानी दिन असमर्थ रहेको संघले जनाएको छ । समयमा रकम भुक्तानी नभए पुन कृषि बीमा कार्यक्रम स्थगित गर्ने चेतावनी संघले जनाएको छ ।