शिखर इन्स्योरेन्सको अध्यक्षमा गौरव अग्रवाल नियुक्त
२१ श्रावण २०८०, आईतवार १३:१४
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको अध्यक्षमा गौरव अग्रवाल नियुक्त भएका छन् ।कम्पनीको साउन १९ गते बसेको संचालक समितिको बैठकले उनलाई संचालक तथा संचालक समिति अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनीका यस अघिका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले राजिनामा दिईसकेका छन् ।