हिमालयन लाइफ इन्स्योरेन्सको डोल्पा शाखाद्धारा बीमा दाबी भुक्तानी
२० श्रावण २०८०, शनिबार १५:१७
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानी गरेको छ। डोल्पाले रु १३ लाख रुपैयाको मृत्यु दाबी भुक्तानी गरेको छ। त्रिपुरासुन्दरी नगरपालिका वडा ४ का स्थानीय बिमित अनिश धरालाको केही बर्ष पहिला निधन भएको थियो । स्वर्गीय अनिश धरालाले रोजगारीको सिलसिलामा विदेश गएको बेला प्राइम बैदेशिक रोजगार म्यादी जीवन बीमा गरेका थिए ।
मृत्यु दाबी भुक्तानीको लागि सम्पूर्ण प्रक्रिया पूरा गरि बिमित स्वर्गीय अनिश धरालाका बाबू जय चन्द्र धरालालाई रु १३ लाख रुपैया मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड डोल्पा शाखा प्रमुख चन्द्रमान रोकायाले जानकारी दिएका छन् । मानव जीवनमा जीवन गर्न अत्यावश्यक रहेकोले सबैले जीवन बिमा गर्न शाखा प्रमुख रोकायाले आग्रह गरेका छन् ।