बीमा कम्पनीहरुको शेयरमूल्य ४ सय देखि १५ सय माथिसम्म, कुनको कति ? (एलटीपीसहित)

१९ श्रावण २०८०, शुक्रबार १७:३०

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार शेयरबजार झिनो अंकले बढेको छ । शेयरबजार बढेतापनि ५ उपसूचकमा रातो पोतिएको छ । कारोबारको अन्तिम दिन निर्जीवन बीमा उपसूचकमा पनि रातो पोतिएको छ भने जीवन बीमा उपसूचक ०.५६ प्रतिशतले बढेको छ । बीमा कम्पनीहरुको शेयरमूल्य ४ सय देखि १५ सय माथिसम्म रहेको छ ।

जीवन बीमा

साता कारोबारको अन्तिम दिन जीवन बीमा उपसूचक ०.५६ प्रतिशतले बढेको छ ।

बिहीबार जीवन बीमा सेक्टरबाट कुल ७ जीवन बीमा कम्पनी कारोबारमा आएका छन् । जसमध्ये नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य ०.०१ प्रतिशतले घटेको छ भने अन्य सबैको शेयरमूल्यमा हरियाली छाएको छ । लाइफ नेपाल इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक १.६२ प्रतिशतले बढेको छ ।

 

निर्जिवन बीमा

कारोबारको अन्तिम दिन निर्जीवन बीमा सेक्टरबाट कुल १२ कम्पनी कारोबारमा आएका थिए । जसमध्ये अधिकांशको शेयरमूल्यमा गिरावट आएको छ । बिहीबार सिद्धार्थ प्रिमियरको शेयरमूल्यमा ०.११ प्रतिशतको वृद्धि आएको छ । यसबाहेकका अन्य कुनै पनि निर्जीवन बीमा कम्पनीको शेयरमूल्यमा वृद्धि आएको छैन । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ०.११ प्रतिशतले बढेको छ ।

सोही दिन शिखर इन्स्योरेन्सको शेयरमूल्य तथा कारोबार स्थिर रहेको तथ्यांकमा देखिएको छ भने बाँकीका १० वटै निर्जीवन बीमा कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*