नेपाल लाइफको पर्सा–टाँडि शाखाका सिनियर बरिष्ट एजेन्सी म्यानेजर रामकृष्ण कार्की ‘नेपाल लाइफ सम्राट पदक’ बाट सम्मानित

१९ श्रावण २०८०, शुक्रबार ११:१९

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका पर्सा–टाँडि शाखाका सिनियर बरिष्ट एजेन्सी म्यानेजर रामकृष्ण कार्की सम्मानित भएका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चितवनमा आयोजना गरेको लिडर्स एक्सलेन्स अवार्ड कार्यक्रममा कार्की ‘नेपाल लाइफ सम्राट पदक’ बाट सम्मानित भएका हुन् ।

कम्पनीले विभिन्न विधामा उत्कृष्ट शाखा प्रमुखहरुलाई सम्मान गरेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी प्रविन रमन पराजुलीले सिनियर बरिष्ठ एजेन्सी म्यानेजर कार्कीलाई प्रमाणपत्र सहित समान गरेका हुन् ।

कम्पनीको पर्सा–टाँडि शाखाका सिनियर बरिष्ट एजेन्सी म्यानेजर असल र क्षमतावान व्यक्ति रहेको कम्पनीमा कार्यरत कर्मचारी राज कुस्वाले बताएका छन् । कम्पनीको पर्सा–टाँडि शाखामा सिनियर बरिष्ट एजेन्सी म्यानेजरको रुपमा उनी कार्यरत रहेका छन् ।

ऐजेन्सी म्यानेजर, बीमा अभिकर्ता र कर्मचारीसँग नम्र ब्यवहार गर्ने र नेतृत्व गर्न सक्ने क्षमता भएका उनी सफल म्यानेजरको उपाधि पाएका हुन् । उनी २०२३ को फस्ट सीओटी र बिगत ६ बर्षदेखि लगातार एमटीआरटी हुन् ।

May be an image of 3 people

 

 

One thought on “नेपाल लाइफको पर्सा–टाँडि शाखाका सिनियर बरिष्ट एजेन्सी म्यानेजर रामकृष्ण कार्की ‘नेपाल लाइफ सम्राट पदक’ बाट सम्मानित

  1. sanjaya says:

    Senior ra baristha ko meaning k hola

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*