आइएमई लाइफको शेयर रजिष्ट्रारमा ग्लोबल आईएमई क्यापिटल नियुक्त
१८ श्रावण २०८०, बिहीबार ११:०१
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा ग्लोबल आईएमई क्यापिटल नियुक्त भएको छ ।
कम्पनीको धितोपत्र कारोबार सम्बन्धि शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने तथा अन्य शेयर रजिष्ट्रार सम्बन्धि कार्य गर्न शेयर रजिष्ट्रार नियुक्त गरेको हो ।