पेट्रोल र डिजेलमा भारी मूल्यबृद्धि गर्ने आयल निगमको निर्णय, लिटरमै ९ रुपैयाँ बढ्यो

१६ श्रावण २०८०, मंगलवार २२:१२

काठमाडौं । नेपाल आयल निगमले जनताको ढास सेकिने गरी पेट्रोलियम पदार्थमा भारी मूल्यबृद्धि गरेको छ । मध्यम बर्गीय जनताको ढाड सेकिने गरी पेट्रोलमा ९ रुपैयाँसम्म मूल्य बृद्धि गरिएको छ ।

आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ७ रुपैयाँ मूल्य बृद्धि गर्ने निर्णय गरेको छ । त्यस्तै एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटाएको छ ।

भारतबाट मूल्य बढेर आएका कारण बढाइएको आयल निगमले जानकारी दिएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १७०, दोस्रो वर्गमा १७२ र तेस्रो वर्गमा १७३ रुपैयाँ पुगेको छ । यसअघि पहिलो बर्गमा १६१।५० रुपैयाँ, १६३ रुपैयाँ र १६४ रुपैयाँ कायम थियो ।

त्यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १५०।५०, दोस्रोमा १५२ र तेस्रो वर्गमा १५३ रुपैयाँ कायम भएको छ । यसअघि १४३।५०, १४५ र १४६ रुपैयाँ रहेको थियो । डिजेलमा प्रतिलिटर ७ रुपैयाँ मूल्यबृद्धि भएको छ । डिजेलमा मूल्यबृद्धिसँगै बस भाडा समेत बृद्धि हुने भएको छ । निगमको कारण सार्वजनिक भाडादर स्थीर हुन नसकी सर्वसाधारण यात्रु ठगिने क्रम झनै बढ्ने छ ।

 

नयाँ मूल्यसूचि अनुसार खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिलिण्डिर १६६० मा झरेको छ । निगमले सरकारलाई असहयोग गर्ने गरी इन्धनको मूल्यमा भारी बृद्धि गरेको हो । इन्धनको मूल्यबृद्धिका विरुद्धमा विद्यार्थी संगठनहरुले भने आन्दोलनको तयारी सुरु गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*