इ–सेवाबाट बीमा शुल्क नवीकरण गर्दा ल्यापटप जित्ने मौका

१६ श्रावण २०८०, मंगलवार १६:१४

काठमाडौं । इ–सेवामार्फत बीमा शुल्क भुक्तानी गर्दा आकर्षक पुरस्कार जित्न सकिने भएको छ ।

इ–सेवाबाट बीमा शुल्क भुक्तानी तथा नवीकरण गर्दा भाग्यशाली एकजनाको लागि इसेवाले ५३२ इन्चको ल्यापटपको अफर सार्वजनिक गरेको हो । कम्पनीका अनुसार यो अफर साउन २५ गतेसम्म सञ्चालनमा रहने छ । हरेक दिन पाँच जना भाग्यशाली ग्राहकले पाँच सय रुपैयाँ बराबरको क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

यस योजनामा सहभागी हुन कुनै पनि लाइफ इन्स्योरेन्सको प्रिमियम इसेवामार्फत भुक्तानी गरेको हुनुपर्ने छ । साथै भुक्तानी गर्न व्यक्ति इसेवामा प्रमाणित भएको हुनुपर्ने कम्पनीले बताएको छ ।

दैनिक उपहार विजेताको नाम हरेक हप्ता इसेवाको ब्लग र फेसबुक पेजमार्फत सार्वजनिक गरिने छ । र, अन्त्यमा ग्राण्ड पुरस्कार विजेता छनौट गरी ल्यापटप दिइने कम्पनीले उल्लेख गरेको छ । ग्राण्ड विजेताको नाम इसेवाको फेसबुक पेजमार्फत सार्वजनिक गरिने कम्पनीले बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*