जीवन बीमा कम्पनीहरुमा १४ अर्ब रुपैयाँ बीमा पोलिसी सरेण्डर, कुनको कति ?(सूची सहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरको पोलिसी सरेण्डर गत आर्थिक बर्षको तुलनामा १७ प्रतिशतले वृद्धि भएको छ।गत आर्थिक बर्षमा १२ अर्ब रुपैयाँ बीमा कम्पनीहरुबाट पोलिसी सरेण्डर भएको थियो । पोलिसीको दर घट्ने बीमा विज्ञहरुले अनुमान गरेपनि यसको दर वृद्धि देखिएको छ। गत आर्थिक बर्षको असार मसान्तसम्ममा कम्पनीहरुको पोलिसी सरेण्डर वृद्धि भएर १४ अर्ब २७ करोड रुपैयाँ पुगेको छ।
बीमालेखको आधारमा हेर्ने हो भने गत आर्थिक बर्षको तुलनामा २७ प्रतिशतले घटेको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ।असार मसान्तसम्ममा सबैभन्दा धेरै बीमा पोलिसी सरेण्डर नेपाल लाइफबाट भएको छ। असार मसान्तसम्ममा कम्पनीको ४ अर्ब ७८ करोड रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ।
दोस्रोमा एलआईसी नेपाल रहेको छ। कम्पनीको ३ अर्ब ५१ करोड रुपैयाँको पोलिसी सरेण्डर भएको छ।
तेस्रोमा नेशनल लाइफको १ अर्ब ४४ करोड रुपैयाँ रहेको छ।
त्यस्तै,सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानको बीमा पोलिसी सरेण्डरको दर बढेको तथ्यांकमा देखिएको छ। असार मसान्तसम्ममा संस्थानबाट १ अर्ब १७ करोड रुपैयाा बराबरको बीमा पोलिसी सरेण्डर भएको छ।