सिटिजन र सन नेपाल लाइफको आईपीओमा आईतबार साझसम्म कति पर्यो आवेदन ?
१४ श्रावण २०८०, आईतवार १७:४५
काठमाडौं । वैदेशीक रोजगारमा रहेका दुुई जीवन बीमा कम्पनीहरुले आईपीओ निष्काशन गरेका छन् । सिटिजन लाइफ र सन नेपाल लाइफले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि पहिलो चरणमा आईपीओ निष्काशन गरेका हुन् ।
सन नेपाल लाइफ
सन नेपाल लाइफको आईपीओमा अहिलेसम्म सिडिएस एण्ड क्लियरिङका अनुसार आज (साउन १४ गते) साझ ५ः५ मिनेटसम्ममा २६ हजार ४७४ जनाबाट १६ लाख ८९ हजार १७० कित्ता बराबर ४० करोड ३७ हजार रुपैयाँको आवेदन परेको छ ।
सिटिजन लाइफ
सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा सिडिएस एण्ड क्लियरिङका अनुसार आज (साउन १४ गते) साझ ५ः५ बजेसम्ममा २८ हजार ६७० जनाबाट १९ लाख ९७ हजार ७७० कित्ता बराबर ४८ करोड ७४ लाख ५५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।