सुन तस्करी काण्डका फरार अभियुक्तको टेस्ला गाडीसँगको कनेक्सन, कस्तो होला छानविन ?

११ श्रावण २०८०, बिहीबार २०:१९

काठमाडौं । हालसम्मको विवरण अनुसार गत साता पक्राउ गरिएको १०० केजी भन्दा बढि सुन तस्करी प्रकरण फैलने क्रम जारी छ । सोही क्रममा विवादित व्यापारी राजेश अडुकियासँग जोडिएपछि अब नेपालमा बिक्री वितरण भइरहेको टेस्ला गाडीतर्फ पनि सो काण्ड जोडिएको छ ।

राकेश अडुकियाले कुनै समय नेपाली शेयर बजारका चर्चित खेलाडी थिए । शेयर बजारमा गम्भिर चलखेल गर्दागर्दै टाट उल्टिने अवस्थामा पुगेको अडुकियाले आफ्नो नाममा कारोबार गर्नै कठिन भएपछि विभिन्न व्यक्तिहरुलाई अघि सारेर धन्दा चलाउँदै आएका थिए । सो क्रममा अडुकियाले नेपालमा चिनियाँसँग मिलेर अर्बौ रुपैयाँको सुन तस्करी गरेको रहस्य हालै खुलेको छ । सो तस्करी गरिएको सुनको कनेक्टन अब टेस्ला गाडीतर्फ पनि सोझिएको छ ।

नेपालमा टेस्ला गाडीको कारोबार अरिती इन्टरनेशनलले गर्दै आएको छ । सो कम्पनीका मुख्य मालिक राकेश अडुकिया नै हुन् । उनी सुन तस्करीमा परेपछि टेस्ला गाडीमा समेत सुन राखेर नेपाल भित्राएको हुनसक्ने भन्दै आम चासो त्यसतर्फ मोडिएको छ । टेस्ला गाडीको सिईओमा राकेश अडुकियाका छोरा रोहन अडुकियालाई प्रमुख कार्यकारी अधिकृत बनाइएको छ ।

हाल अडुकिया फरार छन् । टेस्ला गाडी बिक्री गर्ने अरिती इन्टरनेशनलका अध्यक्षका रुपमा राजेश काफ्ले अध्यक्ष भएर काम गरिरहेका छन् । सो कम्पनीको कर्पोरेट कार्यालय दरबारमार्गमा रहेको छ भने नक्सालको नंगालमा शोरुम रहेको छ । नेपालमा थुप्रै टेस्ला गाडीहरु बिक्री भइसकेको छ । अडुकियाले सुन कारोबारबाट नै टेस्ला गाडीको कारोबार हात पारेको अनुमान समेत गरिएको छ ।

टेस्ला गाडीका मालिक एलन मस्क हुन् । उनले बिट क्वाइनका अबैध कारोबारी हुन् । अडुकियाले टेस्ला गाडी नेपाल भित्राउँदा ठूलो मात्राम डलर सटही गरी विदेश पुर्याए पनि बिट क्वाईनमार्फत गाडी खरिद गरेर नेपाल भित्राई डलरबाट सुन खरिद गरेको हुनसक्ने अनुमान गरिएको छ ।

विवादित राकेश अडुकिया सुन तस्करीको कनेक्सनमा आएपछि उक्त ब्रेक शु आयात गरेपछि करमा हिसाब किताब मिलाउन कुन कम्पनीलाई बिक्री गरेको देखाइएको थियो भन्ने अर्को छानविनको विषय बनेको छ ।
सो काण्डको गहिरो छानविन भएमा टिभिएस र बजाज समेत जोडिने आशंका गरिएको छ ।

टेस्ला गाडी विश्वकै महंगो गाडी हो । सो गाडी चढ्नेहरु मध्ये कसै न कसैसँग अडुकियाको सुन तस्करीमा कनेक्सन रहेको हुनसक्ने भएपनि त्यसतर्फ छानविन अघि बढ्न सकेको छैन । हाल राकेश अडुकिया फरार भइसकेका छन् । उनी स्थलमार्ग हुँदै दिल्ली पुगेको जनाइएको छ ।

 

 

One thought on “सुन तस्करी काण्डका फरार अभियुक्तको टेस्ला गाडीसँगको कनेक्सन, कस्तो होला छानविन ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*