महालक्ष्मी नगरपालिकामा खुल्यो भाजु तरकारी तथा फलफूल बजार

११ श्रावण २०८०, बिहीबार १७:४३

काठमाडौं । महालक्ष्मी नगरपालिकाको वडा नम्बर–५, टिकाथलीस्थित बुद्ध पार्टी प्यालेस सँगै भाजु तरकारी तथा फलफूल बजारको नगरप्रमुख हरिगोविन्द श्रेष्ठको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमृख हरिगोविन्द श्रेष्ठले नगरपालिकाले कृषि उत्पादन र उत्पादित कृषि उपजहरुको बजारीकरणलाई विगतदेखिनै प्राथमिकता दिदै आएको बताए । नगरपालिकाले गर्नुपर्ने काम व्यक्तिले गर्नु भएको छ, उहाँहरुलाई विशेष धन्यवाद दिन चाहान्छु श्रेष्ठले भने । गत आवमा नगरपालिकाले कृषिको लागि भनेर ६० लाख अनुदान दिएका थियौं । उत्पादित वस्तु बजारको समस्यालार्ई ध्यानमा राख्दै कृषकहरुलाई सहजीकरण गर्न यो अनुदान प्रदान गरिएको थियो ।  त्यसैगरि पशुस्वास्थ्य तर्फ १ करोड २० लाख अनुदान छुट्याएको छौं ।

नगरप्रमुख श्रेष्ठले जनताको स्वास्थ्यमा समस्या आउने भएकाले स्वास्थ रहन विषादीयुक्त खाने कुराहरुबाट टाढा रहनु पर्ने बताउँदै स्वास्थ खान खानुपर्ने बताउनु भयो । विषादीयुक्त खाद्य वस्तुहरु नल्याउन व्यवसायीहरुलाई अनुरोध गर्दै भने विषादीयुक्त तरकारी फलफूल माथि नगरपालिकाले निगरानी गर्दै उत्पादित खाद्य वस्तुहरुमा विषादीको मात्र बढी पाइएकोले जनताको स्वास्थ्य प्रति जिम्मेवार हुन समेत आग्रह गर्नु भयो । साथै श्रेष्ठले सुपरमार्केटहरुमा जनताले चाहे अनुसार सामान पाउने व्यवस्था भएकोले बढी सुपरमार्केट नै खोज्ने गरेको बताउँदै समय अनुसार कृषकहरुको बजार पनि सुविधा सम्पन्न बनाउँदै लानु पर्ने बताए । सिँचाईको समस्या हलगर्न इनार खन्ने अनुदान दिएका छौं ।

श्रेष्ठले भने यहीँको तरकारी बेचेर नपुुग भएमात्र बाहिरबाट ल्याउनु । प्रचार प्रसारको खाँचो छ । १ सबै वडाहरुमा नगरपालिकाले यस्तै तरकारी बजारको खोजी गरिरहेको छ । चाँडै नै वडास्तरीय तरकारी तथा फलफूलजन्य खाद्य बजारको व्यवस्थापन गर्नेछौं त्यसका लागि महालक्ष्मी नगरपालिकाले गर्नुे सहयोगमा कुनै कसर बाँकी नराख्ने बताउदै डिजीटल ढक तराजुमा ५० प्रतिशत अनुदान दिएका पनि बताए ।

नगर उप–प्रमुख लक्ष्मी महर्जनले स्थानीय रुपमा उत्पादन भएको तरकारी तथा फुलफूलहरु बजारीकरण गर्नको लागि बाहिर जान नपर्ने गरि हामीले बजारकीरकरण आफ्नै ठाउँमा होस् भनेर प्राथमिकता दिएका छौं । १ देखि १० वडामा नगरपालिकाले कृषिको लागि ५० प्रतिशत अनुदान बीउ पूँजीको रुपमा छुट्याएका छौं । नीति, योजना कार्यक्रम बनाएर अगाडि बढाउँछौं । हामीले नमूना बजारको रुपमा विकास गर्दै यहीँ बजारहरुबाट सस्तो, सुलभ र सहज प्रकारले सेवा सुविधा जनताको घर–घरमा पु¥याईदिनु पनि आग्रह गर्दछौं ।
कार्यक्रमको अध्यक्षता ध्यानगोविन्द महर्जनले गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*