किसान लघुवित्तको शेयरमूल्यमा सर्वाधिक गिरावट, अन्य कुनले कति गुमाए ?
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार ३०.९१ अंकले घटेर २१२५ को बिन्दुमा कायम भएको छ ।
बिहीबार शेयर बजार दोहोरो अंकले घटेसँगे अन्य दिन सर्वाधिक शेयरमूल्य बढ्ने किसान लघुवित्तको आज शेयर बजार घटेको छ । कम्पनीको ८.६८ प्रतिशत अर्थात ८९ रुपैयाँले शेयरमूल्य घटेर ९३६ रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, प्रोग्रेशिभ फाइनान्स, माइखोला हाइड्रोपावर, मिथिल्ला लघुवित्त, बरुण हाइड्रोपावर लगायतका अन्य कम्पनीको शेयरमूल्य घटेको छ ।